
काठमाडौं – कहिलेकाहीँ एक शिक्षकले तपाईंको जीवन परिवर्तन गरिदिन सक्छन् । माइकल एट्किन्सको जीवन उनका एक शिक्षकले विद्यालय छोडेको कैयौं वर्षपछि परिवर्तन गरिदिए ।
उनको यात्रा सीधा रेखामा चलेन तर उनले राम्रो निर्देशन पाएपछि पहिला सरसफाइ गर्ने विद्यालयले उनका लागि शिक्षाको ढोका खोलिदियो ।
माइकलले केही स्थानीय विद्यालयहरूमा सफाइ कर्मचारीका रूपमा काम गरेपछि डेन्भरस्थित लोवरी इलेमेन्टरी स्कूल पुगे । त्यहाँबाट उनको जीवनले अर्को मोड लियो र उनी आफू हुर्केको टोलमा रहेको विद्यालयको प्रधानाध्यापक बने ।
‘म आफ्नो समुदायमा फर्किनु वास्तवमै अर्थपूर्ण छ,’ माइकलले बीबीसीलाई बताए ।
उनले विद्यालयमा रमाइलो माने पनि गाह्रो अनुभव पनि गरे किनकि केही शिक्षकहरूले विद्यार्थीहरूलाई पृष्ठभूमि र हाउभाउका आधारमा भिन्न रहेको अनुभव गराएको उनलाई लाग्यो ।
तर उनले उच्च विद्यालय छोडेपछि निर्देशन पाएनन् ।
‘उच्च शिक्षामा कसरी पहुँच पाउने भन्ने विषयमा मलाई कसैले पनि मार्गनिर्देशन गरेन । मेरो परिवारमा मलाई बाटो देखाउने कोही भएन ।’
त्यसैले उनले जागिर खाएर सरकारी कलेज जाने निर्णय लिए । उनले छिट्टै पैसा कमाउनुपर्ने भयो किनकि १९ वर्षको उमेरमा उनी बाउ बने ।
उनकी आमाले शिशु स्याहार केन्द्र चलाउने भएकाले आफू बालबालिकासँग झ्याम्मिन सक्ने उनलाई थाहा थियो । त्यसैले उनी बिजनेस पढ्न थाले अनि टीचिङ असिस्टेन्टको जागिरमा निवेदन दिए ।
उनले जागिर त पाएनन् तर विद्यालयमा सरसफाइको काम पाए । एउटा विद्यालयकी प्रधानाध्यापिकाले उनलाई दुई कक्षामा पढाएकी रहिछन् ।
क्यारोलीन राइडलिन नामक ती शिक्षिकाले उनलाई विद्यालयमा लेखपढ सिकाउने जागिर दिइन् ।
अघि बढ्दै जाँदा यही जुन महिनामो आरम्भमा उनी स्टेडम्यान इलेमेन्टरी स्कूलमा प्रधानाध्यापक बनेका छन् ।
माइकल जवानीमै पहिलो छोरी पाएपछि अनि विगतको अनुभवका कारण सर्वोत्कृष्ट प्रदर्शन गर्न र झन् बढी हासिल गर्न प्रेरित गरेको बताउँछन् ।
अमेरिकाभरिबाट थुप्रै शिक्षकहरूले आफूसँग सम्पर्क गरेको र उनको विद्यालय भ्रमण गर्न चाहेको बताउँछन् ।
बीबीसीबाट