३१ जेठ २०८३, आइतबार

गुठी विधेयकको विरोधमा मात्रै होइन पक्षमा पनि आन्दोलन

जेठ ३०, २०७६
गुठी विधेयकको विरोधमा मात्रै होइन पक्षमा पनि आन्दोलन

दाङ–सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आन्दोलन भइरहेको बेला दाङमा भने त्यसलाई  जस्ताको त्यस्तै पास गर्न माग गर्दै आन्दोलन भएको छ ।
 
सरकारले भूमिहीन, किसान, सुकुम्बासी र गुठीपीडितका पक्षमा विधेयक ल्याएको भन्दै यहाँको स्वर्गद्वारी गुठीपीडित सङ्र्घष समिति र जिल्ला भूमि अधिकार मञ्चले संयुक्तरुपमा दबाबमूलक ¥याली एवं सभा गरेको हो  । 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश नं ५ का सचेतक शान्ता चौधरीले भूमिहीन, सुकुम्बासी, श्रम गर्ने किसानका पक्षमा विधेयक ल्याएको प्रष्ट पारिन् । 
 
यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गा चौधरीले खेतबारी जोतेर खुट्टामा ठेला उठाएकाको पेटमा लात हान्ने काम गर्न नहुने बताइन् । 

विरोधसभामा जिल्लाका स्वर्गद्वारी, चौघेरा गुठी एवं विभिन्न विद्यालय, क्याम्पसका सरकारी जग्गा भोगचलन गर्दै आइरहेको किसान एवं भूमिहीन सुकुम्बासी सहभागी भएका थिए । उनीहरुले किसानका पक्षमा आएको विधेयकले विरोध गर्ने, पास हुन नदिएर बाधा अड्चनको काम गरिरहेको भन्दै चिन्ता व्यक्त गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्