
बर्दिया – जिल्लाकी १ महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले रोकथाम गरेको छ ।
महिलालाई भारत लैजाने क्रममा गुलरिया नगरपालिका वडा–२ का २४ वर्षीय कासिम गुल्जरलाई सुरजपुर नाकाबाट पक्राउ गरी मानव बेचविखन मुद्दामा कारवाही प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए ।
ती महिलालाई ललाइफकाई बेचबिखनका लागि लैजाने क्रममा अर्का १ जनालाई समेत जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।