२२ जेठ २०८३, शुक्रबार

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

काठमाडौं – एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ ।

जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् । 

योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन र ३० दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् । 

अफर जेठ ३० गते बिहीवारदेखि लागू भएको छ । देशको १ हजारभन्दा बढी स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको २ साताभित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्दै फारेजी डेटा बोनसको योजना ल्याएको हो । 

योजना अन्तर्गत ७ दिन समयसीमा भएको ५०० एमबी डेटा र ३० दिन समयसीमा भएको ३ जीबी डेटाको खरिदमा ग्राहकले त्यत्ति नै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । 

ग्राहकले ३० दिन समयसीमा भएको ३ जीबी डेटा करसहित ४५३.३० मा खरिद गरेमा बोनस स्वरुप थप ३ जीबी फोरजी डेटा पाउनेछन् । यो अफरमा ग्राहकले ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मजा लिन सक्नेछन् । 

एनसेलका ग्राहकले ७ दिन समयसीमा भएको ५०० एमबी प्याकको खरिदमा ५०० एमबी नै फोरजी डेटा बोनस बापत प्राप्त गर्न सक्नेछन् । एनसेलका ग्राहकले ५०० एमबी प्याक करसहित ९५.७७ मा सूचारु गर्न सक्छन् । अफरसँगै ग्राहकले ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्नेछन् । 

यसयोजना अन्तर्गत बोनसको लाभ लिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्याण्डसेट, यू सीम र फोरजी नेटवर्कमा पहँुच हुनुपर्छ । ७ दिन वा ३० दिन समयसीमा भएको डेटा भोलुम टूजी, थ्रीजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिने छ । एनसेलले आफ्नो फोरजी सेवा देशका १ हजारभन्दा बढी स्थानमा विस्तार गरिसकेको छ । 

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको ७ दिन वा ३० दिनको गज्जबको डेटा प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएसबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् । ७ दिनको प्याक सुचारु गर्न ७५ टाइप गरी १७१२३ मा एसएमएस पठाउन सक्नेछन् भने ३५५ टाइप गरी १७१२३ मा एसएमएस पठाइ ३० दिनको प्याक सुचारु गर्न सक्नेछन् । 

ग्राहकलाई नेपालकै सबैभन्दा ठूलो फोरजी नेटवर्कको पहँुचबाट लाभ प्रदान गर्न यो बोनस योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । एनसेलको फोरजी नेटवर्कले सरकारको डिजिटल नेपाल फ्रेमवर्क र ब्रोडव्याण्ड पूर्वाधार तथा उच्चगतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीतिको कार्यान्वयनमा योगदान गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्