३१ असार २०८३, बुधबार

गुठी विधेयक फिर्ता नभए कांग्रेसले संसद र सडकबाट प्रतिकार गर्छ : कोइराला

गुठी विधेयक फिर्ता नभए कांग्रेसले संसद र सडकबाट प्रतिकार गर्छ : कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानसँग बाझिने गरी ल्याईएको गुठी सम्बन्धी विधेयक तत्कालै फिर्ता हुनुपर्ने बताउॅदै जबर्जस्ती संसदबाट पारित गराउँन खोजिए कांग्रेसले संसद र सडकबाट सशक्त प्रतिकार गर्ने चेतावनी दिए का छन्। 

जनबिरोधी गुठी बिधेयक र मिडिया बिधेयक तत्कालै फिर्ता नलिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने उनले बताए । 

डा कोइरालाले सरोकारवालासँग छलफल बिना नै गुठीको सम्पति हरण गर्ने मनसायले यो बिधेयक ल्याएर कम्युनिष्ट सरकारले धर्म, संस्कृति, र जनताको आस्था माथी आक्रमण गरेको बताए । गुठी बिधेयकको आडमा सरकारले जातिय द्धन्द निम्त्याउॅन खोजेको पनि उनले बताए । 

"भूमाफिया,मन्त्रीहरु र कर्मचारिको मिलेमतोमा यो विधेयक ल्याईएको छ" डा कोइरालाले भने-"यदि  गुठी विधेयक संसदबाट पास भए नेपाल भन्ने शब्द मात्रै रहन्छ। धर्म संस्कृति,परम्परा र मौलिकता सबै समाप्त हुन्छ।त्यसकारण यो बिधेयक कुनै पनी हालतमा पास हुन दिदैनौं। सरकारलाई यति मात्र भन्छु।बिनास काले बिपरित बुद्धी।"

काभ्रे कांग्रेसले बनेपामा आयोजना गरेको "राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रम" लाई संबोधन गर्दै नेता डा कोइरालाले गुठी धर्म, संस्कृति, पुरातात्विक सम्पदा र आस्थाको धरोहर भएको पनि बताए

कार्यक्रममा काभ्रे कांग्रेसका सभापती मधु आचार्य, पुर्व राज्यमन्त्री कंचन बादे,पुर्व  सांसदहरु- तीर्थ लामा र हर्षजित लामा, क्षेत्रीय सभापतिहरु-महेश खरेल र रमेश हुमागाई, प्रदेस सभा उमेदवारहरु-गणेश लामा र सिबि लामा लगायतले सरकार बर्बर निरंकुशतातर्फ अगाडि बढेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्