२६ असार २०८३, शुक्रबार

‘बुझ्नेले कुरा नबुझेपछि ...’ गाउँदै विरोध खतिवडाको प्रस्ताव– सभामुखले हस्तक्षेप गर्नुपर्‍यो

‘बुझ्नेले कुरा नबुझेपछि ...’ गाउँदै विरोध खतिवडाको प्रस्ताव– सभामुखले हस्तक्षेप गर्नुपर्‍यो

काठमाडौं–सत्तारुढ दल नेकपाका एक सांसदले गुठी विधेयकको विरोध गर्दै आन्दोलनरत गुठियार र सरकारबीच वार्ताको वातावरण बनाउन हस्तक्षेपकारी भूमिका खेल्न सभामुखसँग माग गरेका छन् । 

प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शून्य समयमा नेकपाका सांसद विरोध खतिवडाले गुठी विधेयकलाई लिएर सरकार र आन्दोलनकारीले एउटै गीत गाएको भन्दै वार्ताका लागि सभामुखको हस्तक्षेपको माग गरेका हुन् । 

‘बुझ्नेले कुरा नबुझेपछि, मनमा पीर त पर्ने नै भयो... भनेर गाउँदै सरकार गालामा हात लगाएर बसेको छ । आन्दोलनकारी पनि बुझ्नेले कुरा नबुझेपछि मसाल त समात्नै पर्‍यो... भनेर गीत गाइरहेका छन्,’ खतिवडाले भने, ‘नेपालको हरेक राजनीतिक आन्दोलनमा काठमाडौं उपत्याकाका नेवार समुदायको ठूलो भूमिका छ । यो स्थिति सिर्जना कसरी भयो ? मेरो आग्रह छ, सरकार र आन्दोलनबीच हस्तक्षेपकारी भूमिका खेल्न सभामुखसँग आग्रह छ ।’

salt training

कमेन्ट गर्नुहोस्