
काठमाडौं – भारतबाट प्रकाशित हुने नवभारत टाइम्समा नेपालसम्बन्धी एउटा समाचार छापिएको छ ।
समाचारअनुसार, एसियाली देशहरूमाथि प्रभाव जमाउने कोशिश गरेको चीनले नेपालतिर आँखा लगाएको छ । नेपालमा केही शिक्षकहरूलाई तलब दिने लालच देखाएर चीनले चिनियाँ भाषा मान्डारिन अनिवार्य बनाएको अखबार लेख्छ ।
चीन सरकारले नेपालमा चिनियाँ भाषा पढाउने शिक्षकहरूको तलब भुक्तानी गर्ने प्रस्ताव गरेको छ । त्यसपछि नेपालका अनेकौं निजी विद्यालयहरूले विद्यार्थीहरूलाई यो भाषा सिक्न अनिवार्य गरेका छन् ।
नेपालमा चीनको दखल बढ्दै गएको बेलामा यो कदम चालिएको अखबार लेख्छ । चीनको महत्त्वाकांक्षी पेटी सडक परियोजनामा नेपाल समेत समावेश छ ।
नेपालबाट प्रकाशित हुने अंग्रेजी भाषाको दैनिक द हिमालयन टाइम्सलाई उद्धृत गर्दै नवभारत टाइम्स लेख्छ, ‘नेपालका अनेकौं विद्यालयले विद्यार्थीहरूलाई चिनियाँ भाषा मान्डारिन सिक्न अनिवार्य बनाएको छ किनकि चीन सरकारले मान्डारिन पढाउने शिक्षकहरूको तलब भुक्तान गर्ने प्रस्ताव गरेको छ ।
पाठ्यक्रम विकास केन्द्रको निर्देशनबमोजिम नेपालका विद्यालयका विद्यार्थी विदेशी भाषा त पढाउन सक्छन् तर यसलाई अनिवार्य बनाउन सक्दैनन् । तैपनि अंग्रेजी भाषालाई अनिवार्य बनाइएको छ ।
एजेन्सी