२६ असार २०८३, शुक्रबार

अनर्गल प्रचारले जनतामा निराशा छायो : मुख्यमन्त्री शाही

अनर्गल प्रचारले जनतामा निराशा छायो : मुख्यमन्त्री शाही
फाइल फोटो

सुर्खेत- कर्णाली प्रदेशका  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चारका विभिन्न माध्यमबाट भइरहेको अनर्गल प्रचारबाजीले जनतामा निराशा छाएको बताएका छन् । 

सिभिल बैंकको कर्णाली प्रदेश कार्यालय आइतवार शुभारम्भ उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले नेतृत्वका विरुद्ध भ्रम सिर्जना गरी सङ्घीयता नै ठीक छैन भन्ने जनमत निर्माण गर्ने मनसायले गरिएका प्रचारबाजी विरुद्ध सचेत रहन आग्रह गरे । मुलुकमा कानूनी शासन रहेकाले सरकारमा बस्नेले भ्रष्ट्राचार गरेको पाइए कानूनबमोजिम दण्ड हुने उनको प्रष्टोक्ति थियो । 

'सङ्घीयतालाई असफल पार्न अनर्गल प्रचारबाजी भइरहेको छ,' उनले भने, 'मूलत: सङ्घीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास सम्भव छ ।' संसारका थुप्रै देशका शक्तिशाली प्रधानमन्त्री, राष्ट्रपतिले पनि दण्ड पाएको उदाहरण दिँदै मुख्यमन्त्री शाहीले नेपालमा पनि कानूनी राज्य भएको र गैरकानूनी काम गर्ने जो कोहीले कसुरबमोजिम सजाय भोग्नुपर्ने जिकिर गरे ।

सम्भावनाको खानी कर्णालीमा आर्थिक विकासका लागि वित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनले भने, 'उत्पादनमूलक रोजगारी सिर्जना गर्ने क्षेत्र तथा साना तथा स्वरोजगारमूलक व्यवसायमा पनि लगानी बढाउनुहोस् र बैंक नाफामुखी मात्रै भएको भन्ने जनगुनासोलाई चिर्नुस् ।' 

salt training

कमेन्ट गर्नुहोस्