०७ साउन २०८३, बिहीबार

नदीजन्य पदार्थ उत्खननमा लाग्यो रोक

नदीजन्य पदार्थ उत्खननमा लाग्यो रोक

झापा- झापाको अर्जुनधारा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ । 

नगरपालिकाले सूचना सार्वजनिक सूचना प्रकाशित गरेर असार १ गतेदखि भदौ ३० गतेसम्म नदीजन्य पदार्थ उत्खननमा पूर्ण रूपमा रोक लगाएको हो । 

यदि सो सूचनालाई बेवास्ता गरी कसैले नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा १० हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना तथा जफत गरिएका सामग्रीसहित सवारी साधानसमेत नियन्त्रणमा लिइने नगरपालिकाले जनाएको छ । 

पहिलोपटक उत्खनन गरेको पाइएमा १० हजार, दोस्रापटक पाइएमा २० हजार र तेस्रोपटक पाइएमा ३० हजार रुपैयाँ जरिवाना गरिने नगरका प्रेस संयोजक सागर गौतमले बताए । उनका अनुसार निषेधित गरिएको सो कार्य गरिरहेको सूचना उपलब्ध गराउने व्यक्ति वा सङ्घसंस्थालाई नगरपालिकाले उचित पुरस्कारको व्यवस्थासमेत गरिएको छ । 

यस नगरपालिका भित्र विरिङ, टाङटिङलगायतका नदी छन् । 

salt training

कमेन्ट गर्नुहोस्