२८ जेठ २०८३, बिहीबार

क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

काठमाडौं – नेकपा क्रान्तिकारी–माओवादीको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले सोमवार त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् । 

आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य संर्घष दाहालले जानकारी दिए ।

‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन्,’ उनले भने, ‘हामीले पहिल्यैदेखि नै अनियमितता गरी प्रकाशित गरिएको नजिता स्थगित गर्न माग गरेका थियौँ  तर परीक्षा स्थगित नगरी अन्तर्वार्ता लिइरहेकाले तालाबन्दी गरेका हौं ।’

यसअघि क्रान्तिकारीले जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी र जेठ ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनशनसमेत बसिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्