०८ साउन २०८३, शुक्रबार

ओली पहिला बोल्ने कि देउवा भन्ने विवादले ढिला भयो संसद् बैठक

ओली पहिला बोल्ने कि देउवा भन्ने विवादले ढिला भयो संसद् बैठक
फाइल तश्वीर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलेभन्दा पहिलो आफ्नो दलका नेताले बोल्न पाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अडानका कारण प्रतिनिधि सभाको बैठक बस्न ढिला भएको छ । 

बिहान ११ बजेका लागि तय गरिएको बैठक पौने १२ बजेसम्म शुरू हुन सकेको छैन । संसद् बैठकको कार्यसूचीमा प्रधानमन्त्रीले सार्वजनिक महत्त्वका विषयमा मन्तव्य दिने उल्लेख छ । 

प्रमुख प्रतिपक्षी दलले भने प्रधानमन्त्रीले बोल्नुभन्दा पहिला आफ्नो दलका नेता शेरबहादुर देउवाले बोल्न पाउनु पर्ने माग राखेको छ ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सदन सञ्चालनका विषयमा छलफल भइरहेको जानकारी दिए । 

भर्खरै सम्पन्न युरोप भ्रमण र गुठी विधेयक विवादबारे ओलीले सदनमा सम्बोधन गर्न सभामुखसँग समय मागेका थिए ।

गुठी विधेयको विरोधमा प्रत्येक दिन संसद्‍मा बोल्दै आएको कांग्रेसले प्रधानमन्त्रीको सम्बोधनभन्दा पहिला आफू बोल्न पाउनु पर्ने माग राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्