३० असार २०८३, मंगलबार

अस्पतालमा युवतीको शव फेला

अस्पतालमा युवतीको शव फेला
सांकेतिक तस्वीर

काठमाडौं- बौद्धस्थित समता अस्पतालमा मंगलवार एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । 

मृत फेला परेपछि आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन् । तोडफोडपछि आक्रोशमा आएको भीडलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार विगत दुई महिनादेखि यही अस्पतालमा काम गर्ने भन्ने बुझ्न आएको छ । शव परीक्षणपछि सत्यतथ्य रिपोर्ट आउने उनले बताए । 

घटनाको थप अनुसन्धान भइरहेको समेत प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्