२८ असार २०८३, आइतबार

आफूले अन्तर्वार्ता दिँदा खोक्ने कर्मचारीलाई कोठाबाट निकाले ट्रम्पले (भिडियो)

आफूले अन्तर्वार्ता दिँदा खोक्ने कर्मचारीलाई कोठाबाट निकाले ट्रम्पले (भिडियो)

काठमाडौं – आफ्ना अनौठा हर्कतका कारण चर्चामा रहने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्को एक घटना सार्वजनिक भएको छ । 

ट्रम्पले एक अन्तर्वार्ताका क्रममा ह्वाइट हाउसका चीफ अफ स्टाफ मिक मल्वानेलाई अफिसबाहिर जान भने । एबीसी न्युजलाई ट्रम्पले अन्तर्वार्ता दिँदा मिकले खोकेको थिए । 

पहिला त ट्रम्पले त्यसलाई बेवास्ता गरेका थिए तर मिकले दोस्रोपटक खोक्दा ट्रम्पले बाहिर जान भने । त्यसपछि मिक बाहिर निस्किए । मिक निस्केपछि अन्तर्वार्ता सुचारु भयो । 

एबीसीलाई दिएको अन्तर्वार्ता आइतवार प्रकाशित भएको थियो । 

अन्तर्वार्ता चल्दै गर्दा मिकले खोकेपछि ट्रम्प रिसाए । उनले मिकलाई भने, ‘तपाईंलाई थाहा छ, मलाई यो मन पर्दैन । तपाईं फेरि खोक्ने हो भने कोठाबाट बाहिर निस्कनुहोस् । तपाईं यहाँ खोक्न पाउनुहुन्न ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्