३१ असार २०८३, बुधबार

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले मागिन् माफी

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले मागिन् माफी

काठमाडौं – हङकङकी प्रमुख कार्यकारी क्यारी लामले शहरवासीहरूसँग इमान्दार र गम्भीर माफी मागेको बताएकी छन् । विवादास्पद सुपुर्दगी विधेयकलाई पूरै स्थगित गरेको संकेत पनि उनले दिइन् । त्यही विधेयकका कारण हङकङमा व्यापक विरोध प्रदर्शन भएको थियो । 

लामको विरोध गर्दै हजारौं मानिस हङकङका सडकमा कीर्तिमान संख्यामा ओर्लिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै लामले आफू आत्ममन्थनको चरणमा रहेको र समाजमा देखिएका दरारलाई टाल्ने आशा गरेको बताइन् । 

तर लामले राजीनामा दिन, सुपुर्दगी कानून फिर्ता लिन, प्रहरी ज्यादती तथा विरोधलाई दंगा भनिएको विषयमा माफी माग्न भने अस्वीकार गरिन् । 

लामले शनिवार विधेयकलाई निलम्बन गर्ने घोषणा गर्दा त्यसले बेइजिङ र उसले हङकङमा शासन गर्न छानेकी महिला दुवैलाई बेइज्जती गरायो । 

विधेयक निलम्बन गर्ने भनिए पनि धेरै हङकङवासीहरू यो कानूनले शहरको अर्थतन्त्र र समाजलाई क्षति गर्ने भनी चिन्तित छन् । सुपुर्दगी कानूनले हङकङमा बस्ने निवासी र पर्यटक दुवैलाई चीनको कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको अदालतसमक्ष पुर्पक्षका लागि सुम्पिन सक्थ्यो ।

द गार्डियनबाट 
 

salt training

कमेन्ट गर्नुहोस्