मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
धेरै नेपालीको दैनिकी चियाबाट सुरु हुन्छ । चिया नेपाली संस्कृति नै बनिसकेको छ । चिया तयार नपार्ने घर सायदै हुन्छ ।
कतिपयलाई त कैयौँ कप चिया पिउँदासमेत धित मर्दैन । जुन स्वस्थकर छैन । खाली पेट चिया पिउनाले त शरीरमा गम्भीर असरसमेत पुर्याउन सक्छ ।
यस्ता छन् खाली पेट चिया पिउनुका खतरा :
१. कतिपयले चियासँगै दूध पनि खाइरहेको भन्दै यसलाई स्वस्थकर मान्छन् । तर, यसमा पूर्ण सत्यता छैन । खाली पेट दूधचिया पिउनाले शरीरलाई थकान महसुस गराउँछ ।
२. कतिपयले कम दूध राखेर चिया पिउने गरेका हुन्छन् । दूधचियाले असर पार्छ भन्दै कालो चिया पिउनेको संख्या ठूलो छ । तर, कालो चियामा भएको पत्तीले पनि पाचन प्रणालीमा असर पुर्याउँछ । त्यसैले चियाभन्दा पहिला पानी पिउनु राम्रो मानिन्छ ।
३. चियामा टेनिन हुन्छ, जसले शरीरमा भएको आइरनसँग रियाक्ट गर्छ । जसकारण खानापछि चिया पिउनाले शरीरमा भएको पोषण तत्वलाई नष्ट गर्न सक्छ ।
४. तपाईं दिनमा ४–५ कप चिया पिउनुहुन्छ भने यस्तो बानी सुधार गरिहाल्नुस् । निकै तातो चिया पिउँदा पनि स्वास्थ्यलाई राम्रो गर्दैन । यसो गर्दा मानिसमा फुड पाइप या घाँटीको क्यान्सरको सम्भावना बढाउँछ ।
५. चियामा एसिडको मात्रा बढी हुन्छ । त्यसैले यसले शरीरमा ग्यास्ट्रिक त बनाउँछ नै, खाली पेट चिया पिउँदा अल्सरको समस्या पनि बढ्दै जान्छ ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...