कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरास्थित थलीका स्थानीय बासिन्दा आइतवार आन्दोलित भए । सडकको अवस्था दयनीय बनेपछि आजित भएर स्थानीय सडकमा उत्रिएका थिए ।
बिहान ६ बजेबाट शुरू भएको प्रदर्शन मध्याह्न १२ बजेसम्म चल्यो । सडक तत्काल पिच गर्न बारम्बार भन्दै आएपनि निर्माण कम्पनी बिरुवा कन्स्ट्रक्सनले टेरपुच्छर नलगाएपछि आन्दोलन गर्नुपरेको स्थानीय रामशरण सापकोटाले लोकान्तरलाई बताए ।
‘हामीले बेलाबेलामा सडक निर्माण गर्न आग्रह गर्दा पनि नरपालिका र निर्माण कम्पनीले नमान्दा आन्दोलन गर्नु परेको हो,’ उनले भने ।
पानी पर्दा हिलाम्मे हुने थली–साँखु सडक खण्डमा घाम लाग्दा धूलेले सास्ती दिने गरेको छ ।
सडकको यस्तो अवस्थाले दिनहुँजसो दुर्घटना निम्त्याउने गरेको छ । ‘यहाँ धूलो हुँदा आँखै नदेखेर कति बाइक ठोक्किएर बाइकमा सवारहरू घाइते हुनभएको छ । हिलो हुँदा त झन कुरै नगरौैं दिनमा २/४ जनालाई त म आफैंले अस्पताल पुर्याएको छु,’ सापकोटाले भने ।
सडक स्तरोन्नतिका लागि ठेक्का भएको ५ वर्षभन्दा बढी भइसके पनि यसलाई समयमै सम्पन्न गर्न कसैले चासो नदिएको स्थानीयको गुनासो छ ।
घाम लाग्दा धूलोले मानिस नै चिन्न नसकिने अवस्था रहेको स्थानीय व्यपारी रिमा महर्जनले बताइन् ।
‘सडमा धूलो र हिलोले गर्दा बिरामी पनि भएँ, के गर्नु घर र पसल यहीँ छ, कहाँ जानु र हामी,’ महर्जनले दुःखेसो पोखिन् ।
सडक स्तरोन्नतिका रोकिएका काम तत्काल शुरू गर्ने सहमतिपछि आन्दोलन तत्कालका लागि स्थगित भएको छ । नगरपालिका, निर्माण कम्पनी र स्थानीयबीचको त्रिपक्षीय वार्तामा सडकमा ढल निर्माण र ग्राबेल गर्ने काम तत्काल शुरू गर्ने सहमति भएको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले लोकान्तरलाई जानकारी दिए ।
निर्माण कम्पनीले डोजरहरू ल्याएर काम थालेपछि स्थानीयले आन्दोलन स्थगित गरेका छन् ।
निर्माण कम्पनीकै बेवास्ताका कारण स्थानीयहरू सडकमा आउनुपरेको मेयर थापा बताउँछन् । ‘सम्माननीय सर्वोच्च अदालतले पनि घर र जग्गाको मुआब्जा दिएर सडक विस्तारका लागि फैसला सुनाइसकेको छ,’ मेयर थापाले भने, ‘तर निर्माण कम्पनीले बेवास्ता गर्दा अहिले स्थानीयले आन्दोलन गर्नुपर्ने अवस्था आयो ।’
सडक स्तरोन्नतिको काम समयमै सम्पन्न नभएपछि स्थानीयहरू आन्दोलित बनेको यो पहिलो पटक होइन । यसअघि बौद्ध–जोरपाटी, लुभु, कलंकी लगायतका क्षेत्रमा पनि स्थानीय आन्दोलित भएका थिए ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...