०६ साउन २०८३, बुधबार

लोक सेवाको विज्ञापनसम्बन्धी चारवटै रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ

लोक सेवाको विज्ञापनसम्बन्धी चारवटै रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ

काठमाडौं –स्थानीय तहका लागि लोक सेवा आयोगले गरेको विज्ञापनका सम्बन्धमा परेका ४ रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ हुँदैछ ।

ती रिट न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा परेको छ ।

यसअघि आइतवार चारवटै रिटमाथि एक साथ सुनुवाइ शुरू भएको थियो । बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर अर्को सुनुवाइ आजका लागि तोकिएको थियो ।

अधिवक्ता विकास ठाकुरले लोक सेवाले निकालेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत रहेको  जिकर गर्दै त्यसलाई रद्द गर्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका छन् ।

अधिवक्ता राजाराम घिमिरेले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न लोक सेवा आयोगलाई दिएको निर्देशन गैरकानूनी रहेको जिकिर गर्दै रिट दायर गरेका छन् ।

लोक सेवाकै विज्ञापनसम्बन्धी अन्य दुई रिटमाथि पनि एक साथ सुनुवाइ भइरहेको छ ।

लोक सेवाले स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदका लागि विज्ञापन आह्वान गरेको छ ।

यसका लागि आवेदन दिने म्याद यही असार १० गते मंगलवार सकिए पनि आउँदो १७ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको  छ । 
 

कमेन्ट गर्नुहोस्