२१ जेठ २०८३, बिहीबार

४३ वर्षसम्म विमान उडाएपछि सेवानिवृत्त भए यी पाइलट, बिदाइमा ग्वाँ ग्वाँ रोए (भिडियो)

४३ वर्षसम्म विमान उडाएपछि सेवानिवृत्त भए यी पाइलट, बिदाइमा ग्वाँ ग्वाँ रोए (भिडियो)

काठमाडौं – चाइना ईस्टर्न एयरलाइन्सका पाइलट सुन होङवेई सेवानिवृत्त हुनुअघिको अन्तिम उडानपछि ग्वाँ ग्वाँ रोएका छन् । 

६१ वर्षीय होङवेईले आकाशमा २४ हजार ६०७ घन्टा बिताए र ६ हजार २ सय ३६ वटा उडान गरे । उनी १८ वर्षको उमेरमा प्रशिक्षार्थी पाइलट बनेका थिए । 

४३ वर्षे लामो करीयरमा उनले हजारौं यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्य पुर्‍याएका थिए । 

उनले ककपिट बाहिर आएर यात्रुहरूसँग बिदा माग्दा रोएको भिडियो एयरलाइन कम्पनीले सार्वजनिक गरेको छ । 

भिडियोमा उनी विमानबाट रुँदै बाहिर निस्केको र उनका सहकर्मीहरूले उनका लागि बिदाइ समारोह राखेको देखिन्छ । 

भिडियो २० दिनअघि कुनमिङ शहरमा रहेको कुनमिङ चाङशुई अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको थियो । 

छङ्दुबाट ९० मिनेटको उडानपछि विमान कुनमिङ पुगेको थियो र त्यसक्रममा होङवेईले यात्रुहरूका लागि भावुक सन्देश दिएका थिए । 

सुनले सैन्य पाइलटका रूपमा करीयर शुरू गरेका थिए । 

उनलाई एयरलाइनले सन् २०१२ मा पाँचतारे कप्तान उपाधि दिएको थियो ।

द डेली मेलबाट
 

salt training

कमेन्ट गर्नुहोस्