१८ असार २०८३, बिहीबार

वामदेवको नेतृत्वमा २२ जनवर्गीय संगठनको भेला, देशभर वृक्षारोपण गरिने

वामदेवको नेतृत्वमा २२ जनवर्गीय संगठनको भेला, देशभर वृक्षारोपण गरिने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका २२ जनवर्गीय संगठनले देशव्यापी वृक्षारोपण गर्ने भएका छन् ।

सचिवालय सदस्य तथा अखिल नेपाल किसान महासंघका संयोजक वामदेव गौतमको संयोजनमा बुधवार पार्टीका २२ जनवर्गीय संगठनको संयुक्त भेलाले नेपाल सरकारले घोषणा गरेको वृक्षरोपण वर्षलाई सफल पार्नका निम्ति असार १४ गते वृक्षारोपण कार्यक्रममा सक्रियतापूर्वक भाग लिने निर्णय गरेको हो । 

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको विशेष उपस्थिति थियो । ‘नेपाल सरकारले यस आर्थिक वर्ष २०७६/०७७ लाई वृक्षारोपण वर्षका रुपमा मनाउने निर्णय गर्नुका साथै असार १४ गते राष्ट्रव्यापी वृक्षारोपण कार्यक्रम सम्पन्न गरी वार्षिक वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरेको छ । उक्त दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध जनवर्गीय संगठनहरूद्वारा सरकारको यस निर्णयलाई हार्दिक समर्थन गर्दै वर्षभरि अत्यन्तै उत्साहका साथ कार्यक्रममा भाग लिने प्रतिवद्धता व्यक्त गरिएको छ,’ भेलापछि जारी विज्ञप्तिमा भनिएको छ । 

भेलापछि संयोजक गौतम र मन्त्री बस्नेतको हस्ताक्षरमा सार्वजनिक प्रतिवद्धता पत्रमा ७७ वटै जिल्लामा वर्षभर नै वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने र रोपिएका विरुवाको हेरचाह र संरक्षण गर्ने उल्लेख छ । 

भेलामा युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा दिपशीखा, अखिल नेपाल महिला संघकी अध्यक्ष अमृता थापा, अखिल अध्यक्ष ऐन महर, खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल लगायतको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्