२१ जेठ २०८३, बिहीबार

काभ्रेमा प्रहरीको गाडी दुर्घटना, हवल्दारसहित ७ जना घाइते

काभ्रेमा प्रहरीको गाडी दुर्घटना, हवल्दारसहित ७ जना घाइते

काठमाडौं – काभ्रेको पनौतीमा प्रहरीको पिकअफ गाडी दुर्घटना हुँदा प्रहरी हवल्दार बलराम तामाङसहित ७ जना घाइते भएका छन् ।

हवल्दार तामाङ गम्भीर घाइते भएकाले काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ ।

संघीय प्रहरी इकाइ कार्यलय वाग्मतीको ना१ग ४८४ नम्बरको पीक अफ ट्रकले उल्टो दिशामा रोकी राखेको बा १३ च ५०७५ नम्बरको बोलेरो गाडीमा ठोक्किँदा दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ । 

घाइते अन्य ५ जनाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ भने १ जना महिला उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्