३१ असार २०८३, बुधबार

लागूऔषध ओसारपसार गर्ने किशोरी पक्राउ

लागूऔषध ओसारपसार गर्ने किशोरी पक्राउ

विदुर –नुवाकोटको ककनी गाउँपालिकाबाट तीन किलो २०० ग्राम गाँजा जस्तै देखिने लागुऔषध प्रदार्थ ओसारपसार गर्ने क्रममा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुर घर भएकी १७ वर्षीया किशोरीले जेब्रा झोलाभित्र परालले बेरी लुकाएर लादै गरेको अवस्थामा नापतौलअनुसार उक्त तौलको ३४ थान लागुऔषध गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । 

ककनी–२ स्थित खानी खोलाबाट काठमाडौंतर्फ लैजाँदै गरेका अवस्थामा लागुऔषधअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए ।

लागूऔषध ओसारपसारमा किशोरी मात्र नभई अन्य चार जनाकोसमेत संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले उनीहरुको खोजी भइरहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्