३० जेठ २०८३, शनिबार

बासी भात खानुका यस्ता छन् फाइदै फाइदा

असार १२, २०७६
बासी भात खानुका यस्ता छन् फाइदै फाइदा

कहिलेकाँही बढी पकाउँदा भात बाँकी रहन्छ । प्रायजसो राति धेर भएको भात बासी हुन्छ । तर हाम्रो आम बानी छ कि बासी भात फ्याँकीदिने । नभए घरपालुवा जनावरलाई दिने । 

तर तपाईंलाई थाहा छ, बासी भात हाम्रो स्वास्थ्यका लागि फाइदाजनक छ नि । फ्याँकिहाल्नुभन्दा पनि बासी भातलाई माटोको भाँडोमा रातभरि भिजाएर राख्नुस् अनि बिहानको नाश्ताका रूपमा खानुस् । यसको सेवनले शरीरका कैयौं समस्या समाधान हुन्छन् । 

शरीरको तापक्रम नियन्त्रण 
बासी चामलको चुरो चिसो नै हुने हुनाले यसलाई दिनदिनै खाँदा शरीरको तापक्रम नियन्त्रणमा रहन्छ । 

कब्जियतबाट राहत 
बासी चामलमा भरपूर मात्रामा फाइबर हुन्छ जसले कब्जियतको समस्याबाट मुक्ति दिलाउँछ । 

शरीरको ऊर्जा 
यसको सेवनले ऊर्जा प्राप्त भएर शरीर तरोताजा हुन्छ । 

अल्सरको घाउ 
तपाईंलाई अल्सरको समस्या छ भने बासी चामलको सेवन गर्नुहोस् । हप्तामा तीनचोटि बासी भात खाँदा अल्सरको घाउ निको हुन्छ । 

चियाकफीको लत छुटाउँछ 
तपाईंलाई ज्यादै चिया र कफी पिउने बानी छ र यो लतबाट छुटकारा चाहनुहुन्छ भने बासी भात खान शुरु गर्नुस् ।

salt training

कमेन्ट गर्नुहोस्