२५ जेठ २०८३, सोमबार

परोलमा जेलबाहिर आउन चाहन्छन् राम रहिम, छैन सजिलो

परोलमा जेलबाहिर आउन चाहन्छन् राम रहिम, छैन सजिलो

काठमाडौं – विवादास्पद धर्मगुरु गुरमीत राम रहीम सिंह परोलमा जेलबाहिर निस्केर खेतीपाती गर्न चाहन्छन् । 

तर हरियाणा सरकारले राम रहिमलाई परोल दिन सहज छैन । अघिल्लो महिना मात्र पञ्जाब र हरियाणा उच्च अदालतले राम रहिमलाई जेलबाट बाहिर लैजाँदा कानून व्यवस्थामा समस्या आउन सक्ने भन्दै रिहाइको माग खारेज गरिदिएको थियो । 

राम रहिमले दुई हप्ताअघि मात्र सिरसामा खेती गर्नका लागि ४२ दिनको परोल मागेका थिए । सिरसामा नै डेरा सच्चा सौदाको मुख्य कार्यालय छ । पञ्जाब जेल म्यानुएलअनुसार खेतीका लागि परोल माग्न सकिन्छ र यो नियम हरियाणामा पनि लागू हुन्छ । 

राम रहिम विरुद्ध गम्भीर अपराधको आरोप भएकाले उनलाई परोल दिँदा समस्या उत्पन्न हुने न्यायाधीश कुलदीपको भनाइ रहेको थियो । परोलमा बाहिर आएपछि उनलाई फेरि पक्राउ गर्न गाह्रो हुने भएकाले उनलाई परोल दिने कुनै आधार नभएको न्यायाधीशको भनाइ छ । 

सिरसामा मारिएका पत्रकार रामचन्दर छत्रपतिको परिवार र डेरा मुख्यालयमा बन्ध्याकरण पीडितहरूले राम रहिमलाई परोल दिने कुराको विरोध गर्ने बताएका छन् । हरियाणाको भाजपा सरकारले राम रहिमको परोल निवेदनमा विचार गर्ने फैसला लिएको कुराको तीव्र विरोध गरे । यसलाई विचारै नगरिकन खारेज गर्नुपर्ने उनको भनाइ छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्