२२ असार २०८३, सोमबार

क्रिकेट विश्वकप : वेस्ट इन्डीजविरुद्ध भारत बलियो

क्रिकेट विश्वकप : वेस्ट इन्डीजविरुद्ध भारत बलियो

काठमाडौं – विश्वकपको ३४औं खेलमा भारतको प्रतिस्पर्धा बिहीवार म्यानचेस्टरमा वेस्ट इन्डीजसँग हुँदैछ । 

भारत यस प्रतियोगितामा लगातार पाँचौं जीतको आशा गरिरहेको छ । वेस्ट इन्डीजले भने जम्मा एक खेल जितेको छ । 

दुवै टीमबीच इंग्ल्यान्डको मैदानमा छैठौं भिडन्त हो । त्यसमा भारत तीन र वेस्ट इन्डिज दुईमा विजयी भएको छ । 

अंकतालिकामा भारत तेस्रो स्थानमा छ । उसले पाँच म्याचमा नौ अंक ल्याएको छ । आजको म्याच जितेमा ऊ सेमिफाइनलमा स्थान बनाउन दाबी गर्न सक्छ ।

वेस्ट इन्डीज भने सेमिफाइनलको दौडबाट बाहिरिइसकेको छ । उसले एक जीत र चार हार बेहोरेको छ । उसले बाँकी तीन खेलमा जितेपनि जम्मा नौ अंक पाउनेछ । 

दुवै टीमबीच अहिलेसम्म १२६ एकदिवसीय खेल भएका छन् । तीमध्ये ६२ वटामा वेस्ट इन्डिज विजयी भएको छ । भारतले ५९ खेल जितेको छ । दुई खेल टाई भएका छन् । तीन खेलमा परिणाम आएको छैन । 

विश्वकपको कुरा गर्दा यी दुई टोली आठपटक भिडेका छन् । तीमध्ये भारत पाँचवटामा र वेस्ट इन्डिीज तीनवटामा विजयी भएको छ । 

म्यानचेस्टरमा बिहीवार पानी पर्ने सम्भावना छैन । दिनभरि घाम लाग्नेछ । म्यानचेस्टरमा पहिले ब्याटिङ गर्ने टीमलाई फाइदा हुन्छ । टस जित्ने टीमले ब्याटिङ नै गर्नेछ । 

भारतका कप्तान विराट कोहली फर्ममा छन् । उनले चार म्याचमा २४४ रन बनाएका छन् । वेस्ट इन्डीजविरुद्धले विगत ६ खेलमा चार शतक हानिसकेका छन् । 

भारतका बलर पनि राम्रै फर्ममा छन् । तीव्र गतिका बलरहरूले २२ विकेट अनि स्पिनरहरूले ११ विकेट लिएका छन् । 

भारतको ब्याटिङ अर्डरमा चौथो नम्बरको स्थान खाली छ । अघिल्लो खेलमा विजय शंकर यो नम्बरमा आएका थिए तर उनले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । 

वेस्ट इन्डीजको कुरा गर्दा क्रिस गेलले अघिल्लो खेलमा न्युजील्यान्ड विरुद्ध ८४ खेलमा ८७ रन बनाएका थिए । आजको म्याचमा ६१ रन बनाएमा क्रिस गेलले ब्रायन लाराको रेकर्ड तोड्दै वेस्ट इन्डीजका लागि सर्वाधिक रन बनाउने रेकर्ड तोड्नेछन् । 

वेस्ट इन्डीजका तीव्र गतिका बलर शेल्डन कोटरेलले सबैलाई प्रभावित पारेका छन् । उनले ६ खेलमा नौ विकेट लिएका छन् । आजको खेलमा उनले प्रभावशाली बलिङ गर्ने सम्भावना छ । 

ओपनिङ जोडीले वेस्ट इन्डीजलाई निराश बनाएको छ । क्रिस गेलसँग ओपनिङ गर्न आएका शाई होप र इविन लिविस दुवैले निराश पारेका छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्