०६ साउन २०८३, बुधबार

गैंडाको खागसहित ३ जना पक्राउ

गैंडाको खागसहित ३ जना पक्राउ

काठमाडौं- प्रहरीले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत, लैनचौरका प्रहरी नायब सन्तोष सिह राठौरको टोलीले ढल्कुबाट तीन जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा गोरखा चुमनुब्री गाउँपालिका-३ का ५३ वर्षीय लालबहादुर गुरूङ, मकवानपुर गढी गाउँपालिका-२ का ३३ वर्षीय अष्ट बहादुर थिङ र धादिङको थाक्रे गाउँपालिका- ११ का ३४ का वर्षीय गोबिन्द प्रसाद मोक्तान रहेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

प्रहरीले उनीहरूको साथबाट गैंडाको खाग र सेतो सिसाको पत्थरजस्तो देखिने वस्तु बरामद गरेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्