२८ जेठ २०८३, बिहीबार

एक अस्ट्रेलियाली विद्यार्थी हराए उत्तर कोरियामा

एक अस्ट्रेलियाली विद्यार्थी हराए उत्तर कोरियामा

काठमाडौं – अस्ट्रेलियाका एक निवासीलाई उत्तर कोरियामा बन्धक बनाइएको विषयमा अस्ट्रेलियाले तत्कालै पुष्टि चाहेको छ । 

प्योङयाङमा बसिरहेका २९ वर्षीय एलेक सिग्लीको परिवारले उनी पक्राउ परेको पुष्टि गर्न सकेनन् तर उनीसँग मंगलवारदेखि सम्पर्क नरहेको बताए । 

अस्ट्रेलियाली अधिकारीहरूले उनको स्थितिको पुष्टि गर्न खोजेको परिवारले बतायो ।

सरकारले यसलाई अत्यन्तै गम्भीर परिस्थिति भनेको छ । 

दक्षिण कोरियामा रहेका प्रतिनिधिहरूले उत्तर कोरियामा सम्बन्धित अधिकारीहरूसँग कुराकानी गरेको एक मन्त्रीले बताए ।

सिग्ली एसियाविद् हुन् र फरर कोरियाली भाषा बोल्छन् । उनका साथीहरूले उनी हराइरहेको रिपोर्ट यसै साताको शुरूतिर गरेको थिए । 

पर्थमा बस्ने सिग्ली एक वर्षदेखि उत्तर कोरियामा छन् । उनी किम इल–सुङ विश्वविद्यालयबाट कोरियाली साहित्यमा स्नातकोत्तर गरिरहेका छन् । 

उत्तर कोरियामा पढ्ने सीमित पश्चिमा विद्यार्थीमा सिग्ली पनि पर्छन् । 

उनले पश्चिमी पर्यटकहरूलाई उत्तर कोरिया घुम्न लग्ने पनि गरेका छन् । सन् २०१२ मा पहिलोपटक उनी त्यहाँ पुगेका थिए । 

गत मार्च महिनामा उनले आफूलाई उत्तर कोरियामा बस्ने एक मात्र अस्ट्रेलियन भनी लेख लेखेर द गार्डियन पत्रिकामा छपाएका थिए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्