
काठमाडौं – प्रतिनिधि सभाकी सांसद शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २.६५ जीपीए ल्याएकी छन् ।
राजनीतिमा अब्बल चौधरीले एसईईमा औसत नतिजा ल्याएकी छन् । उनले गृहजिल्ला दाङबाट परीक्षा दिएकी थिइन् ।
चौधरी प्रतिनिधि सभामा नेकपाकी सचेतक हुन् । मुक्त कमलरी आन्दोलनबाट राजनीतिमा उदाएकी चौधरीले पछिल्लो समयमा पढाइलाई निरन्तरता दिन थालेकी छन् ।