२२ जेठ २०८३, शुक्रबार

रुपन्देहीका ९ जना विद्यार्थीको चार जीपीए

असार १२, २०७६
रुपन्देहीका ९ जना विद्यार्थीको चार जीपीए

रुपन्देही- रुपन्देहीको न्यू होराइजन माविमा यस वर्षको एसईई परीक्षामा सहभागी विद्यार्थीमध्ये ७ जनाले ४ जीपीए ल्याएका छन् ।

विद्यार्थीहरू प्रवेश आचार्य, क्षितिज डुम्रे, अपिल चौधरी, रोशना टण्डन, अनुस्का श्रेष्ठ, सदिक्षक कुँवर र सुयल ज्ञवालीको ४ जीपीए आएको विद्यालयका शिक्षक ११-१२ संयोजक प्रकाश खनाल जानकारी दिए ।

‘परीक्षामा ३ सय २३ जना विद्यार्थी सहभागी भएका हुन् । रिजल्ट सबैको हेरिसकेका छैनौं । हेर्न अझै बाँकी छ । अहिलेसम्म ७ जनाको चार जीपीए आएको देखियो । देवदह बोर्डिङ स्कूलका गौरव खनालले पनि ४ जीपीए ल्याएका छन् । अहिलेसम्म रुपन्देहीबाट ९ जनाको ४ जीपीए आएको छ ।

त्यस्तै कालिका मानवज्ञानकी सविना सुवेदी पनि ४ जीपीए ल्याएकी छन् । 

गत वर्ष पनि होराइजनका ४ जना विद्यार्थीले चार जीपीए ल्याएका थिए । चार जीपीए ल्याउनेमा सक्षम देवकोटा, गौरव अमगाई, मनिषा थापा र सुम्निमा श्रेष्ठ रहेका थिए । गत वर्ष रुपन्देहीबाट ७ जनाले चार जीपीए ल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्