
दाङ – जिल्लामा साढे २ किलो अफिमसहित २ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध (अफिम) सहित रोल्पा माडी गाउँपालिका– २ घर भई हाल घोराही उपमहानगरपालिका–१४ पुरानो बसपार्क बस्ने ३० वर्षीय नरेश बुढा र घोराही उपमहानगरपालिका– ११ बस्ने २१ वर्षीय शुकलाल विकलाई पक्राउ गरिएको हो ।
प्रदेश नम्बर ५ प्रहरी कार्यालयको विशेष ब्यूरो र जिल्ला प्रहरी कार्यालय दाङको सक्रियतामा उनीहरुलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले बताए ।
घोराही उपमहानगरपालिका–१४ पुरानो बसपार्कस्थित सार्वजनिक सडक खण्डमा अफिम लुकाएको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरूले लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिणामको अफिम भेटिएको शाहको भनाइ छ ।
पक्राउ परेका दुवै जनालाई लागुऔषध ऐन २०३३ परिच्छेद ३ दफा २२(ग) बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।