२६ जेठ २०८३, मंगलबार
सामुदायिक शिक्षा

एसईई नतिजा : निजी स्कूललाई टक्कर दिने यी हुन् 'नमूना' सामुदायिक विद्यालय

असार १३, २०७६
एसईई नतिजा : निजी स्कूललाई टक्कर दिने यी हुन् 'नमूना' सामुदायिक विद्यालय

बुटवल – रूपन्देहीका सामुदायिक विद्यालयको नतिजा यस वर्ष अब्बल देखिएको छ ।

नमूना विद्यालयले यस वर्षको एसईई नतिजामा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका हुन् । कतिपय निजी स्कूललाई नै टक्कर दिने गरी सामुदायिक विद्यालयको नतिजा आएको छ ।

बुटवलस्थित कालिका मानवज्ञान माविकी छात्रा सविना सुवेदीले ४ जीपीए ल्याएकी हुन् ।

विद्यालयबाट सहभागी ३ सय ७१ जना विद्यार्थीमध्ये १ सय १८ जना विद्यार्थीले ३.६ जीपीएभन्दा माथि (विषयगत रुपमा ‘ए प्लस’ भन्न सकिन्छ) ल्याएका छन् ।

विद्यालयबाट ३.९५ ल्याउने विद्यार्थी साधारण र प्राविधिकतर्फ गरी १३ जना छन् । ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने विद्यार्थी १ सय २४ जना छन् ।

२.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थी ८९ जना र २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थी ३६ जना रहेको विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले जानकारी दिए ।

‘हाम्रो नतिजा अब्बल छ । सामुदायिक विद्यालय सुधार हुन जरुरी छ,’ उनले भने । विद्यालयमा ५ हजार ९ सय ९१ जना विद्यार्थी अध्ययनरत छन् । गत वर्ष पनि विद्यालयबाट १ सय ८ जना विद्यार्थीले ‘ए प्लस’ ल्याएका थिए ।

बुटवलको कान्ति माविले पनि उत्कृष्ट नतिजा ल्याएको छ । २ सय १५ जनाले एसईई दिएकामा २ जनाले ३.९५ जीपीए ल्याएका छन । तिलोत्तमाको शान्ति नमूना माविले पनि राम्रो नतिजा ल्याएको छ ।

विद्यालयकी छात्रा दिया पाण्डेले ३.९ जीपीए ल्याएकी छन् । विद्यालयबाट सहभागी ३ सय ३८ जना विद्यार्थीमध्ये २८ जनाको ‘ए प्लस’ नतिजा आएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले जानकारी दिए ।

हरेक वर्षको एसईई परीक्षामा रुपन्देहीले उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविबाट १ सय ६० जनाले एसईई दिएका थिए । त्यसमध्ये विवेकसिंह कश्यपले ३.८४ जीपीए ल्याएका छन् ।

रूपन्देहीका आधा दर्जन विद्यालय निजीसँग प्रतिष्पर्धा गर्ने खालका छन् । यस वर्षको एसईई परीक्षामा रुपन्देहीका १० जना विद्यालयले ‘ए प्लस’ ल्याएका छन् ।

बुटवलस्थित न्यू होराइजन माविका ७ जनाले विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

विद्यार्थीहरू प्रवेश आचार्य, क्षितिज डुम्रे, अपिल चौधरी, रोशना टण्डन, अनुस्का श्रेष्ठ, सदिक्षा कुँवर र सुयल ज्ञवालीको ४ जीपीए आएको विद्यालयका शिक्षक तथा ११/१२ संयोजक प्रकाश खनाल जानकारी दिए ।

गत वर्ष पनि होराइजनका ४ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए । परीक्षामा ३ सय २८ जना विद्यार्थी सहभागी भएका हुन् ।

देवदह बोर्डिङ स्कूलका गौरव खनाल, सिद्धार्थ बोर्डिङ स्कूल तिलोत्तमाकी निकिता खनाल ४ जीपीए ल्याएका छन् । रुपन्देहीबाट गत वर्ष पनि ७ जना विद्यार्थीको ४ जीपीए आएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्