साउन २७, २०७६
काठमाडौं – काठमाडौंको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन् । ५० जना विद्यार्थी बराबर १ जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनु...
असार १३, २०७६
बुटवल – रूपन्देहीका सामुदायिक विद्यालयको नतिजा यस वर्ष अब्बल देखिएको छ ।
नमूना विद्यालयले यस वर्षको एसईई नतिजामा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका हुन् । कतिपय निजी स्कूललाई नै टक्कर दिने गरी सामुदायिक विद्यालयको नतिजा आएको छ ।
बुटवलस्थित कालिका मानवज्ञान माविकी छात्रा सविना सुवेदीले ४ जीपीए ल्याएकी हुन् ।
विद्यालयबाट सहभागी ३ सय ७१ जना विद्यार्थीमध्ये १ सय १८ जना विद्यार्थीले ३.६ जीपीएभन्दा माथि (विषयगत रुपमा ‘ए प्लस’ भन्न सकिन्छ) ल्याएका छन् ।
विद्यालयबाट ३.९५ ल्याउने विद्यार्थी साधारण र प्राविधिकतर्फ गरी १३ जना छन् । ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने विद्यार्थी १ सय २४ जना छन् ।
२.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थी ८९ जना र २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थी ३६ जना रहेको विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले जानकारी दिए ।
‘हाम्रो नतिजा अब्बल छ । सामुदायिक विद्यालय सुधार हुन जरुरी छ,’ उनले भने । विद्यालयमा ५ हजार ९ सय ९१ जना विद्यार्थी अध्ययनरत छन् । गत वर्ष पनि विद्यालयबाट १ सय ८ जना विद्यार्थीले ‘ए प्लस’ ल्याएका थिए ।
बुटवलको कान्ति माविले पनि उत्कृष्ट नतिजा ल्याएको छ । २ सय १५ जनाले एसईई दिएकामा २ जनाले ३.९५ जीपीए ल्याएका छन । तिलोत्तमाको शान्ति नमूना माविले पनि राम्रो नतिजा ल्याएको छ ।
विद्यालयकी छात्रा दिया पाण्डेले ३.९ जीपीए ल्याएकी छन् । विद्यालयबाट सहभागी ३ सय ३८ जना विद्यार्थीमध्ये २८ जनाको ‘ए प्लस’ नतिजा आएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले जानकारी दिए ।
हरेक वर्षको एसईई परीक्षामा रुपन्देहीले उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।
बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविबाट १ सय ६० जनाले एसईई दिएका थिए । त्यसमध्ये विवेकसिंह कश्यपले ३.८४ जीपीए ल्याएका छन् ।
रूपन्देहीका आधा दर्जन विद्यालय निजीसँग प्रतिष्पर्धा गर्ने खालका छन् । यस वर्षको एसईई परीक्षामा रुपन्देहीका १० जना विद्यालयले ‘ए प्लस’ ल्याएका छन् ।
बुटवलस्थित न्यू होराइजन माविका ७ जनाले विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
विद्यार्थीहरू प्रवेश आचार्य, क्षितिज डुम्रे, अपिल चौधरी, रोशना टण्डन, अनुस्का श्रेष्ठ, सदिक्षा कुँवर र सुयल ज्ञवालीको ४ जीपीए आएको विद्यालयका शिक्षक तथा ११/१२ संयोजक प्रकाश खनाल जानकारी दिए ।
गत वर्ष पनि होराइजनका ४ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए । परीक्षामा ३ सय २८ जना विद्यार्थी सहभागी भएका हुन् ।
देवदह बोर्डिङ स्कूलका गौरव खनाल, सिद्धार्थ बोर्डिङ स्कूल तिलोत्तमाकी निकिता खनाल ४ जीपीए ल्याएका छन् । रुपन्देहीबाट गत वर्ष पनि ७ जना विद्यार्थीको ४ जीपीए आएको थियो ।
काठमाडौं – काठमाडौंको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन् । ५० जना विद्यार्थी बराबर १ जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनु...
जाजरकोट – जिल्लाको एक विद्यालयका शिक्षकहरूले १ वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका...
शिक्षा निरन्तर अनि असीमित आयाम र आयतनको हुन्छ भन्ने मान्यता विश्वभर स्थापित छ । प्राचीन पूर्वीय चिनियाँ दार्शनिक कन्फुजुले शिक्षालाई प्रमाणपत्र भन्दा पनि सद्गुण र सदाचारिता अनि शिष्टाचारिताको सम्मिश्रणात्मक प्रतिबिम्बनक...
बेझाड – तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय १ शिक्षकको भरमा सञ्चालनमा छ । विद्यालयका ६ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । विद्यालयमा महिनाभरि १० दिनमात्र पढाइ...
काठमाडौं – चालू आर्थिक वर्षमा त्रिभुवन विश्वविद्यालयको बेरुजु २१ अर्ब १२ करोड ७२ लाख ३१ हजार रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/७५ को...
विराटनगर – विराटनगर महानगरपालिका भित्रका निजी स्कूलहरूले मनपरी शुल्क लिइरहँदा समेत स्थानीय सरकार मौन छ । संविधानले नै माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको अधिकार सूचीमा राखेको अवस्थामा विराटनगर...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...