२४ असार २०८३, बुधबार

शान्ता चौधरी र करिश्मा मानन्धरले संसद्‍मा पाए बधाइ

शान्ता चौधरी र करिश्मा मानन्धरले संसद्‍मा पाए बधाइ
फाइल फोटो

काठमाडौं– एसईईमा उत्तीर्ण भएकी सांसद शान्ता चौधरी र नायिका करिश्मा मानन्धरले संसद्मा बधाइ पाएका छन् ।

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको शून्य समयमा नेकपाका सांसद विशाल भट्टराईले चौधरी र मानन्धरलाई बधाइ दिएका हुन् । 

‘यसै प्रतिनिधि सभाका माननीय शान्ता चौधरी र नेपालकी स्थापित नायिका करिश्मा मानन्धरले राम्रो अंकसहित एसईईमा उत्तीर्ण हुनु भएकोमा बधाइ दिन चाहन्छु,’ सांसद भट्टराईले भने ।

शान्तालाई बधाइ दिँदा नेकपा सांसदहरूले टेबल ठटाएर समर्थन गरे ।

मेहनत गर्नुस् सफल भइन्छ : शान्ता

शून्य समयमै नेकपा सचेतक शान्ता चौधरीले आफूलाई बधाई दिने सबैलाई धन्यवाद दिइन् । साथै उनले आफूसँगै एसईई उत्तीर्ण हुने सबैलाई बधाई पनि दिइन् ।

‘मलाई बधाइ र शुभकामना दिनुहुने सम्माननीय प्रधानमन्त्री लगायत सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु, चोरै नम्बर पाएका विद्यार्थी भाइबहिनीलाई निराश नहुनुस्, अवश्य सफल हुनुहुनेछ भन्न चाहन्छु,’ चौधरीले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्