
काठमाडौं–साझा पार्टीका नेता मुमाराम खनालले पार्टी परित्याग गर्न लागेको भन्ने समाचारको संयोजक रवीन्द्र मिश्रले खण्डन गरेका छन् ।
उनले साझा पार्टीका नेता मुमाराम खनालको सन्देश भन्दै सामाजिक सञ्जालमार्फत पार्टीमा उनी थप सक्रियतापूर्वक लाग्ने जानकारी छन् ।
मिश्रले खनालको सन्देश भन्दै शेयर गरेको पोस्ट यस्तो छः
सामाजिक संजालमा फाट्टफुट्ट रुपमा मैले साझा पार्टी छोड्न लागेको आशयका टिप्पणीहरुप्रति मेरो गंभिर ध्यानाकर्षण भएको छ। त्यसप्रकारका टिप्पणीहरुमा कुनै सत्यता नभएको जानकारी गराउन चाहान्छु।
वास्तविकता यो हो कि आफ्नै व्यक्तिगत केही कामहरुको चाप र समस्याहरुले गर्दा मैले केही महिना विदा बस्न सकिन्छ कि भनेर केन्द्रिय समिति समक्ष प्रस्ताव गरेको थिएँ। तर अहिले विदामा बस्दा पार्टीको कामलाई असर पर्ने देखिएकोले उक्त प्रस्ताव खारेज भइसकेको छ। कसैमा पनि भ्रम नपरोस्।
म पहिलेभन्दा पनि अझ सक्रियताका साथ पार्टीका गतिविधिमा खटिरहनेछु। धन्यवाद।