काठमाडौं– एमबीबीएस उत्तीर्ण भएपनि १३ सय डाक्टर बिरामी चाँच्न भने अयोग्य भएका छन् ।
नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्ट (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् ।
लगातार ३६ पटक सम्म फेल भएका डाक्टर पनि छन् ।
विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भएपनि बिरामी चाँच्ने वैधानिकता लिन काउन्सिलले सलने लाइसेन्स परीक्षा पास हुनैपर्छ ।
नयाँ पत्रिका दैनिक लेख्छ–पटक–पटक फेल भएका डाक्टरहरू लाइसेन्सको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार मेडिकल काउन्सिलमा ज्ञापनपत्रसमेत बुझाएका छन् । यो आन्दोलनको अगुवाइ डा राम थापा क्षेत्रीले गरेका छन् । काउन्सिलका रजिस्ट्रार डा दिलीप शर्माले बंगलादेश पढेर आएका क्षेत्री लाइसेन्स परीक्षामा नौपटकसम्म फेल भएको बताए । क्षेत्री नेतृत्वको आन्दोलनमा ३६ पटकसम्म फेल भएकासमेत रहेको उनले बताए । सबै १३ सय डाक्टरलाई लाइसेन्स दिलाउन उनीहरूको माग छ ।