०८ साउन २०८३, शुक्रबार

लक्ष्मी बैंकको १०९ औं शाखा भरतपुरको चनौलीमा

लक्ष्मी बैंकको १०९ औं शाखा भरतपुरको चनौलीमा

भरतपुर- लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १०९ औं शाखा भरतपुरको चनौलीमा सञ्चालनमा ल्याएकोे छ ।

यो शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।   

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १०९ शाखा, २ एक्स्टेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३० एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ एजेन्टहरू पुगेको छ । प्रदेश नं ३ मा बैंकका शाखा संख्या ३९ पुगेको छ ।

यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सेवा विस्तार गर्दै आएको छ ।

यी शाखाको विस्तार सँगै बैंकले ग्राहकलाई उनीहरूकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोन मार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्