३१ असार २०८३, बुधबार

हल्लाको भरमा सरकारको नेतृत्व परिवर्तन हुँदैन : पोखरेल

हल्लाको भरमा सरकारको नेतृत्व परिवर्तन हुँदैन : पोखरेल
फाइल फोटो

सिन्धुली- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको काम अहिलेसम्म राम्रो भएको र हल्लाको भरमा सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । 

सिन्धुलीमाढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिवार आयोजना गरेको जननेता मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट आन्दोलनको सफलता विषयको विचारगोष्ठी समारोहमा विरोधीका आरोपभन्दा पनि वास्ताविकता बुझ्न आग्रह गरे । 

सरकार सञ्चालन आलोपालो भन्ने चर्चा धेरै भएको भन्दै उनले सरकार सञ्चालनमा आलोपालो भन्ने विषय नेकपाको सचिवालयले औपचारिक ढङ्गले नजान्ने उल्लेख गरे । दुई नेताबीच भद्र सहमति भए पनि उनले अभ्रद तरिकाले चर्चा गरेकामा असन्तुष्टि व्यक्त गरे । पार्टीमा छलफल भएमा टुङ्ग्याउने तर अनावश्यक हल्लाको पछि लागेर मन खिन्न नबनाउन कार्यकर्तालाई समेत आग्रह गरे । सरकार यसैगरी चलिरहनेमा ढुक्क हुनसमेत उनको आग्रह थियो ।

सरकारले सङ्कल्प गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्ने भन्दै उनले भने, 'यतिबेलाको अवस्था कस्तो छ भने खोलामा धमिलो बाढी आएको छ, तर नतरी भएको छैन, कसरी तर्ने त खोला ? खुट्टाका औंलाले छाम्दैछाम्दै विस्तारै तरेजस्तै गरी तर्नु पर्नेछ, अहिलेको अवस्थामा थुप्रै चुनौती र अप्ठ्यारा रहेकाले सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्नेछ ।' 

उनले सरकारका नीति तथा कार्यक्रम र एकतापछिको साझा निर्वाचन घोषणापत्रसँगै राखेर तुलना गर्न आग्रह गरे । अहिलेको सरकार तत्कालीन घोषणापत्रभन्दा पछि नरहेको र सरकार सञ्चालनको पाँच वर्षको अवधिमा विस्तारै सबै प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्