०२ असार २०८३, मंगलबार

मालपोत कार्यालयमा आगलागी, करीब ९ लाखको क्षति

मालपोत कार्यालयमा आगलागी, करीब ९ लाखको क्षति
फाइल फोटो

तौलिहवा- जिल्ला सदरमुकाम तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा आइतवार आगलागी भएको छ ।

आगलागीबाट ९ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन र फर्निचर पूर्ण रूपमा जलेर नष्ट भएको बताइएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्