१५ असार २०८३, सोमबार

जनप्रतिनिधिहरूले रोपे धान, माटोको प्राङगारिक पदार्थ कम हुँदा धान उत्पादन घट्दो

प्रदेश पाँचमा १३ लाख ८४ हेक्टर धान खेती गर्ने जमिन
असार १५, २०७६
जनप्रतिनिधिहरूले रोपे धान, माटोको प्राङगारिक पदार्थ कम हुँदा धान उत्पादन घट्दो

बुटवल- स्थानीय सरकारका प्रमुखहरुलाई यतिबेला असारे विकासको अनुगमन गर्ने, बैठक र गोष्ठीलाई सम्बोधन गर्ने तथा फाईल चेकजाच र फर्छौट गर्ने फुर्सद छैन ।

तर आइतवार परेको असार १५ अर्थात् राष्ट्रिय धान दिवसका दिन भने रुपन्देहीका स्थानीय सरकार प्रमुखहरू किसानका खेतहरूमा धान रोपेर मनाए । हिलो खेतमै छिरेर मजाले धान रोप्ने र समुदायसंग नाँचगान गरेर दिवस मनाए । धान खेतीमा प्रविधि र यान्त्रिकीकरणः चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको हो ।

कतै घाँटीमा धानको विऊको माला लगाएर त कसैले खेतको हिलोको टिका लगाएर स्थानीय कृषकहरूसँग रमाउदै जानी नजानी स्थानीय सरकारका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र वडासदस्यहरू मात्रै होइन स्थानीय नगारिक अगुवाहरू पनि खेतमा रमाएर दिवस मनाएको दृष्य रमाइलो थियो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले प्रदेश सरकार कृषिमा यान्त्रिकरणमा जोड दिएको बताए । उनले भने, ‘हामी १५ प्रतिशतसम्म उत्पादन वृषि गर्न जोड दिएका छौं । बीउ उत्पादन कार्यक्रम सघन विकास कार्यक्रमलाई पनि जोड दिएका छौं ।’

बुटवल उपमहानगर, देवदह नगर, सैनामैना नगर, तिलोत्तमा नगरपालिकाले धान दिवसको अवसरमा कार्यक्रम नै आयोजना गरेर धान रोप्ने कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिकाले वडा नम्बर (१२) नयाँगाउँ पासाङपथ स्थित खेतमा धान रोपेर दही चिउरा खाँदै दिवस मनाउने मनाइएको छ ।

उक्त राष्ट्रिय धान दिवसको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले उत्पादनमूलक काममा केन्द्ति हुन सबैलाई आग्रह गर्नुभयो । उहाँले जमिन बाँझो नराख्न, तरकारी र फलफूलका विरुवाहरू रोप्न र कौसीमै पनि हरियो सागपात फलाउन आग्रह गरे ।

सैनामैना नगरपालिका वडा नं ११ को सालझण्डी स्थित बनकट्टीमा धान दिवस मनाएको छ । स्थानीय किसान टंक रेग्मीको करिब १० कठ्ठा जग्गामा धान रोप्दै नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्की, उपप्रमुख बिना राना, प्रमुख प्रशासीकय अधिकृत कृष्णप्रसाद भण्डारीले देशमा निर्वाहमुखी कृषि प्रणाली मुख्य समस्याको रुपमा भएको बताए ।

उनीहरूले कृषिको उत्पादनमा नेपाललाई अब्बल बनाउन व्यवसायीकरण र यान्त्रीकरणको आवश्यक्ता भएको पनि बताए । गाउँ नगर मुल समितीका अध्यक्ष शेरबहादुर न्यौपानेले स्थानीय सरकार प्रमुख किसानको खेतमै पुगेर धान रोप्दा किसानहरूमा उत्साह र हौसला थपीएको बताए । यसैगरी तिलोत्तमा नगरपालिका वडा नं. १५ को सखुवानी डाँडास्थित सुनकुमारी थापाको खेतमा पनि रोपाइँ महोत्सव गरी नगरपालिकाले धान दिवस मनाएको छ । वडा नं. १५ को संयोजनमा भएको कार्यक्रममा स्थानीय अब्बल किसानलाई प्रोत्साहन समेत गरिएको छ ।

रोपाइँमा नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडाध्यक्ष खेमराज गुरुङ्घ, कार्यपालिका तथा नगरसभा सदस्य, कर्मचारी, विभिन्न कृषक समूह, आमा समूह, टोल विकास संस्थालगायत किसानहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पञ्चेबाजाको तालमा झण्डै दुई बिगाहा खेत रोपेका छन् । रोपाइँको सुभारम्भ गर्दै नगर प्रमुख घिमिरेले श्रमको सम्मानका साथै कृषि कार्यलाई प्रोत्साहन गर्न दिवस सान्दर्भिक रहेको बताए ।

कार्यक्रममा नगर उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडा नं. १५ का वडाध्यक्ष खेमराज गुरुङ्घलगायतले धान दिवसको महत्व तथा कृषिको प्रवद्र्धनमा नगरपालिकाले अघि सारेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

देवदह नगरपालिकाले वडा नं ४ भवानीपुरमा धानदिवस मनाएको छ। उक्त अवसरमा नगर प्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुंङ, प्रमुख प्रशासकीय अधिकृत शसीधर घिमिरेलगायत वडाध्यक्ष कृर्षकहरूले सामुहिक ५ कठ्ठा खेतमा रुपमा धान रोपेका थिए ।

धान दिवसका अवसरमा आयोजित कार्यक्रमहरूमा सहभागी अगुवाहरूले कृषिलाई समृद्धिको आधार मानिएपनि त्यसलाई उपयुक्त मात्रामा ध्यान दिन नसकिएको गुनासो गरे । उनीहरूले खेती गर्ने जमिन मासिदै र नाशिदै गएकाले खाद्यान्नमा संकट आउन सक्ने पनि खतरा रहेको उल्लेख गरेका थिए । उनीहरूले जमिन बाँझो नराख्न र हरियाली प्रवद्र्धन संगै खेती किसानीमा ध्यान दिन आग्रह गरेका छन् । बुटवल–१२ का अगुवा गुरु शर्मा, युवा व्यवसायी खगुलाल गिरी, शोभाखर पोखरेललगायतले कृषिमा समर्पित युवाहरूलाई विशेष प्रोत्साहनको खाँचो रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्