२१ जेठ २०८३, बिहीबार

सन्दर्भ धान दिवस : किसानले धानको बेर्ना राख्नसमेत पाएनन्

सन्दर्भ धान दिवस : किसानले धानको बेर्ना राख्नसमेत पाएनन्

काठमाडौँ - देशभरी आज धान दिवस मनाइरहेका बेला जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा भने दिवस मनाइएन् । पर्याप्त पानी नहुँदा यहाँका किसानले धानको बेर्ना समेत राख्न सकेका छैनन् । पानी नपर्दा कतिपय किसानले त दिपायलस्थित पिपल्लालगायतका क्षेत्रमा गहुँ काटी सकेपछि खेतसमेत जोत्न पाएका छैनन् ।

दिपायलमा पानी नपर्दा तथा सिँचाइ सुविधा नहुँदा आफुहरुले धानको बेर्ना राख्न नसकेको दिपायल पिपल्लास्थित गैराका किसान टीका कामीले बताए । पानी नपरेका कारण यहाँका किसानले धानको बीउ राख्न पाएका छैनन् र खेत बाँझै रहेका छन् ।

विगत केहीवर्ष पहिलेसम्म उक्त ठाउँमा सिँचाइ सुविधा भए पनि विसं २०७१ मा आएको बाढी पहिरोले यहाँको सलेनीगाढको कुलो बगाएपछि अहिले यहाँका किसान धानको बीउ राख्नेदेखि लिएर रोपाइँ गर्नसमेत आकाशे पानीको भर पर्न थालेका छन् ।

'जहिले पानी पर्छ अनि बेर्ना राख्छौ र धान रोप्छौ,' किसान रामबहादुर विकले भने, 'हाम्रो पीडा कसैले हेरेनन, पानी नपरे जमीन बाँझै हुन्छ ।'

डोटीमा कूल १० हजार हेक्टरमा धान रोपाइँ गरिन्छ भने त्यसको दुई चौथाई मात्रै दिपायल क्षेत्रमा धान रोपिने गरेको जिल्ला कृषि ज्ञान केन्द्रको तत्थ्याङ्कमा उल्लेख छ । समयमै खेती लगाउन नसकेका कारण यहाँका किसानले सोचे अनुसारको उत्पादन गर्न नसकेका पूर्वनगर प्रमुख घनश्याम पाठकले बताए ।

salt training

कमेन्ट गर्नुहोस्