
काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका १९ जना प्राविधिक कारबाहीमा परेका छन् ।
भूकम्प प्रभावित जिल्ला खटिएका ती प्राविधिकहरु गैरकानूनी कार्यमा संलग्न रहेको भेटिएपछि प्राधिकरणको कारवाहीमा परेका हुन् ।
प्राधिकरणले ती प्राविधिकहरूलाई गैरकानूनी रूपमा रकम असूल गरेको, भूकम्प पीडितलाई दुख दिएको जस्ता आरोप लगाएको छ ।
प्राधिकरणले कारवाहीमा परेकाहरूको करार सम्झौता भंग गरेको जनाएको छ । कारवाहीमा १२ इन्जिनीयर, ५ सब-इन्जिनीयर र २ असिस्टेन्ट सब-इन्जिनियर रहेका छन् ।
उनीहरूले नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, धादिङ लगायतका जिल्लामा काम गर्दै आएका थिए ।