
काठमाडौं– बानेश्वरबाट ८ जना जुवाडे पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका- ३१ बानेश्वरस्थित जयराम ठकुरीको घरमा पैसाको बाजी थापी जुवातास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त बानेश्वरका कार्यालय प्रमुखको नेतृत्वमा खटिएको टोलीले ८ जनालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट १ लाख ९९ हजार ५ सय रुपैयाँ र खेलिरहेको १० बूक तास बरामद गरिएको छ ।