
काठमाडौं – संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत सुडानको डार्फरमा खटिएको प्रहरी टोलीका लागि आवश्यक सामान खरिद घोटालामा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व आईजीपी रमेश चन्द ठकुरीले सर्वाेच्च अदालतसमक्ष आत्मसमर्पण गरेका छन् ।
सुडान घोटालासम्बन्धी मुद्दाको पुनरावेदनका लागि सर्वाेच्च अदालत पुगेका ठकुरीले अदालतसमक्ष आत्मसमर्पण गरेका हुन् । घोटालामा दोषी ठहर गर्दै सर्वाेच्च अदालतले ठकुरीलाई १ वर्ष जेल र ४० हजार रुपैयाँ जरिवाना गरेको थियो।
सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले २०७४ वैशाख १७ गते ठकुरीलाई दोषी ठहर गरेको थियो ।
सुडान घोटाला प्रकरणमा ठकुरीसहित पूर्व आईजी ओमविक्रम राणा, हेमबहादुर गुरुङ तथा पूर्व एआईजी श्याम सिंह थापा र दिपसिंह थाङ्देन समेत दोषी ठहर भएका थिए ।