२२ असार २०८३, सोमबार

सुडान घोटालामा दोषी ठहर पूर्व आईजीपी ठकुरी जेल चलान

सुडान घोटालामा दोषी ठहर पूर्व आईजीपी ठकुरी जेल चलान
फाइल फोटो

काठमाडौं – संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत सुडानको डार्फरमा खटिएको प्रहरी टोलीका लागि बन्दोबस्तीका सामान खरिद घोटालामा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व आईजीपी रमेश चन्द ठकुरी जेल चलान भएका छन् ।

यसअघि नै जेल सजाय सुनाइए पनि फरार रहँदै आएका ठकुरीले बिहीवार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि उनलाई जेल जलान गरिएको हो ।

घोटालामा दोषी ठहर गर्दै सर्वाेच्चले ठकुरीलाई एक वर्ष कैद र नगद जरिवाना सुनाएको थियो ।

अदालतमा आत्मसमर्पणपछि ठकुरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले २०७४ वैशाख १७ गते ठकुरीलाई दोषी ठहर गरेको थियो ।

सुडान घोटाला प्रकरणमा ठकुरीसहित पूर्व आईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ तथा पूर्व एआईजी श्याम सिंह थापा र दीपसिंह थाङ्देन समेत दोषी ठहर भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्