
काठमाडौं – प्रहरीले स्कूटर चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका–२७ ठमेलबाट उनीहरूलाई बिहीवार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं नयाँ बानेश्वर बस्ने इलाम नगरपालिका–४ का २३ वर्षीय अरुण श्रेष्ठ, संखुवासभाको खाँदबारी नगरपालिका–१२ का धिरेन कटुवाल र काठमाडौं महानगरपालिका–३२ का २१ वर्षीय अनुप तिवारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले तीनै जनालाई स्कुटर चोरेर लैजान लागेको अवस्थामा पक्राउ गरेको छ ।