०८ असार २०८३, सोमबार

सिंहदरबारभित्रै पूर्व सांसदको एनजीओ

असार २०, २०७६
सिंहदरबारभित्रै पूर्व सांसदको एनजीओ

काठमाडौं– जननिर्वाचित सांसदलाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरुले सिंहदरबारभित्र एनजीओ चलाएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

 कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजिओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्निचर र कर्मचारी संसद् सचिवालयले नै व्यवस्था गरिदिएको छ । 

पूर्वसभामुख तारनाथ रानाभाटको पालादेखि ‘पूर्वसांसद मञ्च, नेपाल’ नामक एनजिओ सिंहदरबारभित्रै अड्डा जमाएर बसेकोमा तत्कालीन संविधानसभाका सदस्यहरूले फेरि अर्को एनजिओ सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘संविधानसभा सदस्य परिषद्, नेपाल’ नामको एनजिओ दर्ता गरेर संघीय संसद् सचिवालयको भवनमा कार्यालय स्थापना गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्