११ साउन २०८३, सोमबार

पार्टी छाड्न लागेकालाई बाबुरामले भने– भात पाक्न ढिलो भयो भन्दैमा अखाद्य वस्तु खानेलाई के गर्ने ?

पार्टी छाड्न लागेकालाई बाबुरामले भने– भात पाक्न ढिलो भयो भन्दैमा अखाद्य वस्तु खानेलाई के गर्ने ?

काठमाडौं–आफ्नो पार्टीबाट नेकपामा प्रवेश गर्न लागेका नेतालाई समाजवादी पार्टी नेतालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भविष्यमा पश्चताप हुने टिप्पणी गरेका छन् ।

नयाँ शक्तिका पूर्व नेताहरू नेकपा प्रवेश गर्न लागेका छन् । शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै भट्टराईले नेतालाई खाना पाक्न ढिला भयो भन्दैमा अखाद्य पदार्थ खान खोज्नेलाई स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

‘राजनीतिमा नैतिकता र इमान्दारिताको ठूलो महत्त्व हुन्छ, ‘जता काफल पाक्यो उतै चरी नाच्यो’ प्रवृत्तिले तत्काल केही लाभ त होला तर अन्तत: पश्चाताप शिवाय केही प्राप्त हुन्न,’ भट्टराईले लेखेका छन्, ‘भात पाक्न केही ढिलो भयो भन्दैमा अखाद्य वस्तु खानेलाई स्वस्थ्यलाभको कामना बाहेक अरू के गर्न सकिन्छ र ?’
 

salt training

कमेन्ट गर्नुहोस्