
काठमाडौं – भारतको गाजियाबादमा एक व्यक्तिले आफ्नी पत्नी र तीन सन्तानको निर्मम हत्या गरेर आत्महत्या गरेका छन् ।
बिहीवार राति यो घटना भएको हो । ती व्यक्तिले तीनै सन्तानलाई विष दिए अनि पत्नीलाई ह्याम्मरले हानेर मारे । त्यसपछि उनले डोरीमा फासी लगाएर आत्महत्या गरे ।
घटनाको बारेमा परिवारका अन्य व्यक्तिले शुक्रवार बिहान थाहा पाए अनि प्रहरीलाई सूचना दिए ।
ती व्यक्तिको नाम प्रदीप बताइएको छ । उनले एक सुसाइड नोट पनि लेखेको पाइयो । पत्नीले शंका गर्ने गरेको उनले नोटमा लेखे ।
हत्या गरेपछि उनले सबैको मुखमा टेप टाँसिदिए ।
प्रहरीले बिहान ५ बजेर ४० मिनेटमा घटनाको सूचना पाएको थियो । घटनाको एफआईआर दर्ता गरेर प्रहरील् अनुसन्धान थालेको छ ।
एजेन्सी