२८ जेठ २०८३, बिहीबार

बेइजिङको विरोध गर्दै ३ जना हङकङवासीले गरे आत्महत्या

बेइजिङको विरोध गर्दै ३ जना हङकङवासीले गरे आत्महत्या

काठमाडौं – बेइजिङको समर्थन प्राप्त सरकारले ल्याएको विवादास्पद सुपुर्दगी विधेयकको विरोध गर्दै तीनजना हङकङवासीहरूले हाम्फालेर आत्महत्या गरेका छन् । 

आत्महत्या गर्नेहरूले हङकङकी प्रमुख कार्यकारी क्यारी लामको आलोचना गर्दै सुसाइड नोट लेखेका छन् । 

विगत एक महिनामा हङकङवासीहरू सुपुर्दगी विधेयकको विरोध गर्दै दिनदिनै सडकमा ओर्लिने गरेका छन् । उक्त विधेयकले आरोपितहरूलाई पुर्पक्षका लागि चिनियाँ मुख्यभूमि पठाउने व्यवस्था गरेको छ । 

पहिलो मृत्यु जुन १५ मा भएको थियो । लिउङ थरका ३५ वर्षीय व्यक्ति एड्मिरल्टी जिल्लाको पेसिफिक मलबाहिर निर्माण सामग्रीबाट हाम्फालेका थिए । 

पहेंलो रेनकोट लगाएर लिउङले सुपुर्दगी विधेयक पूर्ण रूपमा फिर्ता लिनुपर्ने, पक्राउ परेका विरोधकर्तालाई थुनामुक्त गर्नुपर्ने र क्यारी लामले राजीनामा दिनुपर्ने माग सहितको ब्यानर फहराएका थिए । उनी हाम्फाल्दा चोट नलागोस् भनी गद्दा राखिएको थियो तर उनी त्यहाँ नभई अन्तै लडे । 

अघिल्लो शनिवार २१ वर्षीया लो फानलिङ जिल्लाको एक अग्लो भवनबाट हाम्फालेकी थिइन् । भवनको २४औं तल्लामा ती विद्यार्थीले चीनसमक्ष सुपुर्दगीको विरुद्ध भन्ने शब्द पोतेकी थिइन् ।

त्यसको एक दिनपछि २९ वर्षीय क्लर्क झिता वु आईएफसी शपिङ मलनजिकको आकाशेपुलबाट हाम्फालेकी थिइन् । उनले विरोधकर्ताहरूको विजय होस् भनी फेसबूकमा सन्देश दिएकी थिइन् । 

यी तीनजनालाई शहीद भनिएको छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्