३० असार २०८३, मंगलबार

काठमाडौंकी उपमेयर खड्गीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौंकी उपमेयर खड्गीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं –काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्यमा समस्या आएपछि बिहीबार थापाथलिस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

उपप्रमुख खड्गीको अवस्था सामान्य रहेको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेसन उप–महाप्रवन्धक आरपी मैनालीले जानकारी दिए ।

उनले भने, “छातिमा समस्या देखिएपछि उहाँ (उपप्रमुख खड्गी) अस्पताल भर्ना हुनुभएको थियो । अहिले खतरामुक्त अवस्थामा सिसियुमा हुनुहुन्छ, शनिबार वा आइतबार घर फकिँदै हुनुहुन्छ ।”

खड्गीलाई हृदयघातको आशङ्का गरिए पनि उनको एनजीओग्राफी गर्दा त्यस्तो लक्ष्यण नभेटिएको अस्पतालले जनाएको छ ।

राष्ट्रियसभा गृहमा आउँदो आर्थिक वर्षका लागि बजेट तयारीबारे भएको बैठकमा सहभागी हुनुभएकी उपप्रमुख खड्गीले शारीरिक रूपमा असजिलो महसुस गरेपछि अस्पताल लगिएको महानगरपालिकाले जनाएको छ ।

अस्पतालले प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा २४ घण्टा चिकित्सकको निगरानीमा रहन भनेपछि अस्पतालमा भर्ना गरिएको थियो ।

लगत्तै महानागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पताल पुगेर उपप्रमुख खड्गीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्