२७ जेठ २०८३, बुधबार

सरकारले भारतको दबाब थेग्न नसक्दा अब सिधै भान्सामा विषादी

असार २१, २०७६
सरकारले भारतको दबाब थेग्न नसक्दा अब सिधै भान्सामा विषादी

काठमाडौं–भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गरेको छ। यसले गर्दा आयातित तरकारी र फलफूल अब विषादी परीक्षणबिनै उपभोक्ताको भान्सामा पुग्ने भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 

मन्त्रिपरिषद् बैठकले बिहीबार फलफूल तथा तरकारीमा विषादी परीक्षण नगरिकनै आयात गर्न पाउने निर्णय लिएको कृषि तथा पशुपन्छीमन्त्री चक्रपाणि खनालले बताए । 

बाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले असारदेखि लागू हुने गरी आयातित फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्