०३ असार २०८३, बुधबार

नेकपा एकताको बाँकी काम टुंगो लगाउन नेताहरु सक्रिय

असार २१, २०७६
नेकपा एकताको बाँकी काम टुंगो लगाउन नेताहरु सक्रिय

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को एकतासम्बन्धी बाँकी काम असार महिनाभित्रै टुंगो लाग्ने भएको छ । पार्टीका अध्य्क्षद्वय केपी शर्मा ओली, पुपपकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधव कुमार नेपाल  र झलनाथ खनालसहित शीर्ष नेताहरु त्यसको तयारीमा जुटेको खबर राजधानी दैनिकमा छापिएको छ । 

नेकपाले पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, विभाग गठनदेखि स्थानीय तहसम्मका कमिटीको एकता टुंगो लगाउन आन्तरिक गृहकार्यमा शीर्ष नेता जुटेका छन् । पार्टीको आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन पनि टुंगो लाग्ने क्रममा रहेको छ ।

नेकपाको अन्तरिम विधानअनुसार तीनवटा आयोग रहने प्रस्ताव गरिएको छ । जसमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग रहने व्यवस्था छ । अहिलेसम्ममा पार्टीको सचिवालय, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला र जनसंगठनको एकता टुंगो लागि सकेको छ । ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरण भएको थियो । तर, एक वर्षभन्दा बढी समय बित्दासमेत पार्टीको एकता टुंगो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको छ । नेताहरूले जिम्मेवारी पाउन नसक्दा पार्टी प्रभावकारी एवं विधानअनुसार सञ्चालन हुन सकेको छैन । टुंगो लागेको कमिटीको बैठक पनि नियमित भइरहेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्